“अहिले तीजको समय आएकाले तीजकै गीतहरुमा व्यस्त छु” : लोकगायक राजेन्द्र कंडेल

साउन २८, २०७३

हाल के मा व्यस्त हुनुहुन्छ ?
अहिले तीजको समय आएकाले तीजकै गीतहरुमा अलि ब्यस्त छु, मेरो आफ्नै म्युजिक कम्पनि छ जुन कम्पनिबाट थुप्रै गितहरु बजारमा आइरहेका छन् । मैले पनि तीजका गीत गाउन थालेको धेरै भयो । यसपालि तीनओटा तीजका गीत गाएको छु जसमा रहरैको तीज, एक अर्काको साथी र चर्चा चलेको जस्ता गीत रहेका छन् ।

rajendraतपाई कहिले देखि गीतसंगीत क्षेत्रमा लाग्नुभएको हो ?
मैले पहिलो पटक २०६३ मा कुहिरोले डाडै छेकेर नामक गीत गाएर गीतसंगीतमा लागेको हुँ । यस अबधिमा कपाल कोर्नै काइँयो जुन श्रोताले अत्याधिक मन पराएको गीत हो, त्यस्तै काँचो सुपारी, सम्झी सम्झी रुनुपर्नेछ लगायत गीतहरुले सम्पुर्ण लोक पारखीहरुको मन जितेका थिए ।

तपाई पुरुष हुनुहुन्छ, तर विगत लामो समयदेखि लगातार तीजको गीत गाउँदै आउनुभएको छ नी ?
मैले मात्र होइन धेरै पुरुष साथिहरुले तीजका गीत गाउनु भएको छ, मैले पनि विगत तीन वर्षदेखी तीजका गीत गाउँदै आएको छु । महिला दिदिबहीनीहरुलाई हामीले सम्मान स्वरुप दिदिबहिनीहरुसगै मिलेर तिजका गीत गाएका छौँ । यसपाली पनि मैले गाएका तीनओटा गीत युट्युवमा धेरैले मन पराउनु भएको छ । अझ भन्नु पर्दा रहरैको तीज राम्रो बजार पाइरहेको छ ।

अब तपाइँको भावी योजना के छ त ?
अहिले तीजको समय भएकाले यसमै व्यस्त छु । धेरै ठाउँमा तीजको कार्यक्रममा बोलाउनु भएको छ । त्यतातिर जादैमा समय बित्छ । अब फेरि नेपालीहरुको महान पर्ब बडा दशै तथा तिहार आउँदै छ । दशै तिहारका गीत पनि मैले गाउने भएकाले तिज सकिने बितिकै दशैतिहारका गीतको काम शुरु हुन्छ ।

प्रस्तुती : चक्र प्रसाद पोख्रेल


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको