पक्राउ परे शाहरुख खान

साउन २९, २०७३

बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको हो ।

शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको उनले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’

अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो । त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो ।

स्रोत : बिबिसी हिन्दी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको