सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आˆनो मुलुकमा कामदार लिन लागेको हो ।
विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस निर्णयले नेपाली कामदारको माग हृवात्तै घट्न सक्ने सम्बन्धित व्यवसायीको भनाइ रहेको छ ।
उनीहरुका अनुसार बंगलादेशी कामदार नेपाली कामदारभन्दा न्यून पारिश्रमिकमा खाडी जाने गरेका छन् । जसका कारण रोजगारदाता कम्पनीले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ती व्यवसायीको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले बंगलादेशको यस निर्णयले अब नेपाली कामदारको माग ७५ प्रतिशतभन्दा बढीले घट्न सक्ने अनुमान गरिएको बताए ।
गत जुनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र साउदीका राजा शेख सलमानबीच भएको वार्तामा साउदी अरेबियाले बंगलादेशी कामदारलाई पुनः मौका दिने सहमति भएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका