पर्यटकीय स्थल बन्दै एभरेष्ट चिया बगान

भदौ १, २०७३
मोहन अभिलाषी / काठमाडौं ।
        राजधानीबाट करीब २७ कि. मी. उत्तरतर्फ सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गा.वि.स.मा अवस्थित एभरेष्ट चिया बगान धेरै पर्यटकहरुको रोजाईको स्थान बन्न थालेको छ । पुरानो बसपार्कबाट चावहिल, थली, साँखु, जर्सिङ्गपौवा हुँदै करीब २ देखि ३ घण्टाको यात्रामा पुग्न सकिने एभरेष्ट चिया बगान राजधानी नजिकैको प्रसिद्ध चिया बगान हो । जसलाई मिनी इलामका रुपमा समेत चिनिन थालेको पाईन्छ ।
वि. सं. २०५२ सालमा स्थापना भएको यस चिया बगान करीब १ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । वि. सं. २०५४ सालमा यसै स्थानमा नर्सरी स्थापना गरी चियाको बिउसमेत राख्न थालिएको थियो । हाल यस चिया बगानमा आम्बाडी, मुसाकाने, बेनिकन, गोङ्दी, फुसु्रङ, अठहत्तर तक्दा, त्रियासी तक्दा लगायत १४ प्रकारका चियाका बोटहरु रहेका छन् । एउटा चियाको १६५ वर्षसम्म आयु रहेको चिया विशेषज्ञहरु बताउँछन् । एक साताभित्र एक पटक र महिनामा चार पटकसम्म एउटै बुट्टाबाट निरन्तर चिया टिप्न सकिन्छ ।
बशुरुमा इलामबाट तीस हजार चियाको बिरुवा ल्याएर चिया बगाानको शुरुवात गरेको एभरेष्ट चिया बगान सञ्चालक समितीका अध्यक्ष डिल्लीप्रसाद ढुंगाना बताउँछन् । खाली रहेको जग्गामा चिया खेतीको राम्रो सम्भावना देखिएकाले नै विभिन्न व्यक्तिहरुसँग मिलेर यस स्थानमा चिया खेतीको शुरुवात गरेको उनले बताए । उनका अनुसार यस व्यवसाय सञ्चालनमा मासिक ७ लाख खर्च हुने गरेको र हालसम्म १० करोडभन्दा बढी लागत खर्च भईसकेको छ । हाल यस चिया बगान सञ्चालक समितीमा १७ जना सदस्यहरु रहेका छन् भने जापानी नागरीकको समेत सहयोगमा यो व्यवसाय सञ्चालन भईरहेको छ ।
यो चिया बगान सञ्चालन भएपछि अहिले करीब ६५ जनाले चिया बगानभित्रै रोजगारीको अवसर पाएका छन् । आफ्नै ठाउँमा बसेर चिया बारीमा काम गर्न पाउँदा निकै रमाईलो हुने गरेको ६० वर्षीय टंक कुमारी खतिवडा बताउँछिन् । उनले चिया बगान स्थापना भएदेखि नै यस चिया बरीमा काम गर्दै आएकी हुन् । पहिले बाँदर हिँड्ने भिरालो जमिन र जंगलैजंगल भएको ठाउँमा यति सुन्दर चिया बगान बन्छ भन्ने उनलाई विश्वाससमेत लागेको थिएन । अहिले त्यही ठाउँमा काम गर्न पाउँदा उनी निकै उत्साहित देखिन्छिन् । चिया बगानमा काम गर्दागर्दै राम्रो अनुभव भएको र त्यही अनुभव र ज्ञान उनी अरुलाई बाँड्ने गर्छिन् । उनले अहिलेसम्म धेरैलाई चियासम्बन्धी काम सिकाउँदै आईरहेकी छिन् ।
राजधानीको भिडभाड, कोलाहल, धुलो, धुवाँ र तनाव आदिबाट मुक्त हुनकै लागि पनि मानिसहरु राजधानीबाट नजिकैको एभरेष्ट चिया बगानसम्म पुग्ने गर्दछन् । प्राकृतिक सुन्दरताले भरीपुर्ण हरीयालीयुक्त चिया बगानको अर्को आकर्षण नजिकै पिकनिक स्पट, हाईकिङ, फोटोसुट आदि विशेषता पनि हुन् । एभरेष्ट चिया बगानमा पुग्दा इलामको चिया बगानमा नै पुगेको अनुभुती हुने गायक अजय आँशु बताउँछन् । चलचित्र तथा म्युजिक भिडियो छायाँकनको लागि पनि यो चिया बगान आकर्षणको केन्द« बनेको छ । पर्यटकहरुको सुविधाका लागि नजिकै विभिन्न होटल, लज तथा रेष्टुरेन्टहरुसमेत सञ्चालमा आएका छन् ।
चिया बगानमा काम गर्दै ६० वर्षीय टंक कुमारी खतिवडा ।
एभरेष्ट चिया बगान भ्रमणकै लागि दैनिक ५० देखि २ सय जनासम्म पर्यटकहरु आउने गरेका छन् । शनिबार र बिदाको दिनमा ५ सय देखि २ हजारजनासम्म विद्यार्थी तथा पर्यटकरु आउने गरेको बताउँछिन् चिया बगानमा कार्यरत सरिता ढकाल । समितीको तथ्याङ्क अनुसार नयाँ वर्षको दिनमा मात्र ६० हजारभन्दा बढी पर्यटकहरुले यस चिया बगानको अवलोकन र भ्रमण गरेका थिए । चिया बगान प्रवेशको लागि समितीले प्रति व्यक्ति रु। १०, मोटरसाईकल रु। २५, साना तथा ठूला सवारी प्रवेशमा रु। २००र३०० कायम गराएको थियो । पर्यटकीय रुपमा मात्र दैनिक २० देखि ४० हजारसम्म आम्दानी हुने गरेको सञ्चालक समितीका अध्यक्ष ढुंगाना बताउँछन् । पर्यटकीय हिसाबले लाभ देखिए तापनि चिया बगानमा भने ठूलो क्षती पुगेको उनको भनाई छ ।
पर्यटकहरुको आगमनमा वृद्घि भएसँगै चिया बगानभित्र प्रदूषणसमेत बढ्ने गरेको छ । भ्रमणमा आएकाहरुले चाउचाउ, बिस्कुट, चकलेट आदिका कागजहरु, पानीको खाली बोतल, रेडबुलको बट्टा, प्लाष्टिकका झोला लगायतका सामाग्रीहरु जथाभावी फाल्ने गरेकाले चिया बगानमा प्रदूषण बढेको बगानमा कार्यरत सरिता ढकालले बताइन् । उनका अनुसार मानिसहरु जथाभावी चियाको बिचबिचमा हिँड्ने, कुल्चने, चियाको पात तथा फूल चुँड्ने, चियाको बुट्टामाथि बसेर फोटो खिच्ने आदि कार्यले चिया बगानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पर्ने गरेको छ ।चिया बगानमा प्रदुूषण बढेकै कारणले गर्दा प्राङ्गारिक प्रमाणीकरण प्रक्रियाका लागि २०७२ भदौ ५ गतेदेखि पर्यटकहरुकालाई चिया बगान प्रवेश बन्द गरिएको छ । प्राङ्गारिक प्रमाणीकरणको लागि ३ वर्षभित्रमा प्रमाणपत्र प्राप्त गरेपछि पुनः व्यवस्थित तरिकाले सञ्चालन गरी चाँडै पर्यटकहरुको लागि खुल्ला गरिने अध्यक्ष ढुंगाना बताउँछन् । पर्यटकरुको लागि चिया बगान प्रवेश बन्द भएपछि पनि दैनिक २५ देखि ६०/७० जना विद्यार्थी तथा पर्यटकहरु यहाँसम्म आएर फर्केर जाने गरेको चिया बगान सुरक्षामा खटिएका देव शेरचनले बताए ।
एक हजार वर्ग मिटर क्षेत्रफलमा रहेको चिया बगानलाई बढाएर दश हजार वर्ग मिटरसम्म बनाउने सञ्चालक समितीका अध्यक्ष ढुंगाना बताउँछन् । यहाँबाट उत्पादन भएको चिया जापान, जर्मन लगायतका अन्तराष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य रहेको छ । नेपाली बजारमा यसको लागत मूल्य बढी पर्ने भएकाले र अन्तराष्ट्रिय बजारमा यसको माग बढी रहेकाले स्पेशल टी का रुपमा अन्तराष्ट्रियकरण गर्न लागेको उनी बताउँछन् । नजिकै चिया प्रशोधन केन्द« खोल्ने तयारी भईरहेको र यस क्षेत्रलाई हरियाली नगरका रुपमासमेत चिनाउने उनको दावी छ । त्यस्तै होम स्टे सञ्चालन गर्ने, इको भिलेजका रुपमा एउटै मोडलका घरहरुसमेत निर्माण गरिने भएको छ । चिया बगानलाई अझ व्यवस्थित बनाई पर्यटन प्रवद्र्घनका लागि भ्यू टावरसमेत निर्माण गरिने उनले बताए ।

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको