कुञ्जमा खुल्ला सञ्चारको कोपिला : बालबालिकाहरुको बेजोड प्रस्तुती

मोहन अभिलाषी बैशाख ७, २०७६

खुल्ला सञ्चारद्वारा कुञ्ज नाटकघरमा आयोजित प्रमाणपत्र वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा एपीवान टेलिभिजनका प्रमुख सम्पादक टीकाराम यात्रीे उपस्थित रहेका थिए । कार्यक्रममा अतिथिका रुपमा एभिन्युज टेलिभिजनका पत्रकार मदन खाती, सौर्य दैनिकका पत्रकार केशव भट्ट, गायिका तथा सञ्चारकर्मी योजना पुरी, टाईम्स एफएमका पत्रकार सञ्जीव पौडेल, चलचित्र निर्माता राजु लामा, पहिलो न्युजका सम्पादक भवानी कार्की, कुमारी जापानिज ल्याङ्ग्वेज स्कुलका निर्देशक टंक साउद लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा खुल्ला सञ्चारका अध्यक्ष नविन हेजुले स्वागत मन्तव्य राखेका थिए ।

खुल्ला सञ्चारले सञ्चालन गरेको १५ दिने कोपिला कार्यशालामा सहभागी बालबालिकाहरुको विभिन्न रोमाञ्चक प्रस्तुतीहरु रहेको थियो । बालबालिकाहरुले आफ्नो अभिभावक तथा सयौं उपस्थितीकाबिच नृत्य, आर्ट प्रस्तुत गर्नुका साथै निर्धक्क भएर उद्घोषणसमेत गरेका थिए । बालबालिकाहरुले प्रस्तुत गरेको नाटकले भने सबै दर्शकहरुलाई तानेको थियो । वनजंगल विनाश तथा पशुपक्षीहरुको सिकार गर्नुहँुदैन भन्ने मुल सन्देश बोकेको नाटकको परिकल्पना तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् ।


गायिका योजना पुरीले कार्यक्रममा आफ्नो गायन प्रस्तुत गरेकी थिईन् । खुल्ला सञ्चारका पुर्वप्रशिक्षार्थी हरीराम रिमालले खुल्ला सञ्चारले आफुलाई उद्घोषणकला सिक्ने अवसर दिएकोमा धन्यवाद दिँदै साना साना बालबालिकाहरुका लागि पनि कोपिला कार्यशाला सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । बालबालिकाहरुको लागि कोपिला कार्यशालाको विशेष प्रशिक्षण भने शोभा लिम्बुले गराएकी थिईन् ।


कार्यक्रमका प्रमुख अतिथि टीकाराम यात्रीले खुल्ला सञ्चारले बालबालिकाहरुको लागि सञ्चालन गरेको कार्यशाला उदाहरणीय भएको बताए । बालबालिकाहरुको लागि यस्ता धेरै कार्यक्रमहरु आवश्यक रहेको र बालबालिकाहरुलाई राम्रो संस्कार सिकाउनुपर्ने उल्लेख गरे । कोपिला कार्यशालामा सहभागी सम्पुर्ण बालबालिकाहरुलाई उनिहरुको अभिभावकसँगै प्रमुख अथितिबाट प्रमाणपत्र वितरण गरिएको थियो । खुल्ला सञ्चारले सञ्चालन गरिरहेको उद्घोषणकला तथा आधारभुत पत्रकारिताको प्रमाणपत्र पनि प्रशिक्षार्थीहरुलाई वितरण गरिएको थियो । खुल्ला सञ्चारको तर्फबाट टीकाराम यात्री, मदन खाती, सञ्जीव पौड्याल र टंक साउदलाई प्रदान गरिएको थियो ।


कार्यक्रममा सभापतीको मन्तव्य राख्दै बिकल श्रेष्ठले आगामी दिनमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए । कार्यक्रमको प्रायोजकको रुपमा कुमारी जापानिज ल्याङ्ग्वेज स्कुल रहेको थियो । कार्यक्रम सञ्चालन प्रकाश सापकोटाले गरेका थिए ।

     

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट