नाचघरमा गुञ्जिए लिजा र सानु, दर्शकको मन जिते

केशवराज भट्ट/सरला राई बैशाख ३०, २०७६

काठमाडौ । खुल्ला सञ्चार र एल सि आर एल मुभीले आयोजना गरेको सांगितिक कार्यक्रममा लिजा लामा र सानु खतिवडाले  बेजोड प्रस्तुतिसँगै आफ्नो गायन कलाबाट दर्शकको मन जिते ।

आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा नवगायिकाद्वय लिजा र सानुले सांगितिक मञ्चबाट खुकुरीलाई के थाहा, म त नेपाललाई माया गर्ने छोरी, माया लुकिलुकी, यो धारापानी लगायतका विभिन्न गीतहरु गाउँदा दर्शकहरु निकै उत्साहित भएका थिए । दुवैको यो पहिलो प्रस्तुति रहेको थियो । लिजा लामा चलचित्र निर्माता राजु लामाकी छोरी हुन् भने सानु खतिवडाले विभिन्न आधुनिक तथा चलचित्रमा गीतहरु गाईसकेकी छिन् ।

कार्यक्रममा खुल्ला सञ्चारका तर्फबाट बिकल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि  सांसद पार्बत गुरुङले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । गुरुङले बालगायिका लिजा लामा र सानु खतिवडाको प्रतिभालाई प्रोत्साहन गर्ने प्रतिबद्धता ब्यक्त गरे । लिजा लामा अध्ययनरत सुदेशा स्कुलका प्रिन्सिपल मधुलोहनीले उनी बाल्यकालदेखि नै गायन क्षेत्रमा निकै सक्रिय रहेको र प्रस्तुतीबाट आफै अचम्भित भएको बताए । कार्यक्रममा विभिन्न चलचित्र पत्रकार, संगितकार तथा बाद्यबादन समुहका ब्यक्तित्वहरुलाई सम्मानपत्र तथा मायाको चिनो बितरण गरिएको थियो ।

चर्चित गायक रुपक डोटेल, हॉस्यकलाकार उतम केशी साथै विभिन्न कलाकार, पत्रकार, गीतकार लगायतका बाक्लो उपस्थिति रहेको थियो ।
युबागायक रूपक डोटेलले बनकी चरी के भन्छे के भन्ने गित गाउँदा हलमा उपस्थित दर्शकहरु स्टेजमा नाच्नसमेत भ्याए ।

जनता टेलिभिजन, काष्ठमण्डप टेलिभिजन तथा रेडियो नेशनबाट कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम श्यामहरि शिबभक्तिले संचालन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट