काफल बेचेरै ७५ हजार रुपैयाँ कमाउने‘काफलवाली’

चक्र प्रसाद पोख्रेल, जेष्ठ १९, २०७६

अर्घाखाँची – जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन ककिन्छ भन्दा तपाइलाई पत्यार नलाग्ला तर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षी काफलवाली अर्थात् गीता खत्री काफल बेचेरै ७५ हजार कमाउन सफल भएकी छन ।
रपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले काफलवालीलाई सम्मान गरेका थिए ।
पाणिनी क्याम्पस सन्धिखर्कमा स्नातक तेस्रो वर्षमा अध्ययनरत गर्दैगरेकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएकी हुन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट