नेपालको संविधान २०७२’ का विशेषताहरु

भदौ १०, २०७३

→ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था,
→ सार्वभौम र राजकीय सत्ता जनतामा,
→ सात प्रदेशको संघीय संरचना,
→ संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना,
→ संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति,
→ सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख,
→ प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने,
→ दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने,
→ दुईतिहाइले संशोधन गर्न सकिने,
→ मिश्रित निर्वाचन प्रणाली,
→ केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्,
→ प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य,
→ केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्,
→ राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य,
→ प्रदेशमा एक सदनात्मक संसद्,
→ ७ प्रदेशमा कुल सांसद ५५०,
→ प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख,
→ प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्,
→ प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने,
→ ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान,
→ प्रदेशको सीमांकन संघीय आयोगले टुंग्याउने,
→ प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने,
→ प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
→ संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन,
→ प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
→ एकीकृत न्यायपालिका,
→ केन्द्रमा सर्वोच्च अदालत,
→ सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने,
→ प्रदेशपिच्छे उच्च अदालत,
→ साबिक जिल्लामा जिल्ला अदालत,
→ आमा वा बाब’को नामबाट वंशजको नागरिकता,
→ धर्मनिरपेक्ष राष्ट्र,
→ धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ ।
→ मधेसी, थारू, मु’स्लिम, आदिवासी जनजातिका लागि छु’ट्टाछु’ट्टै आयोग,
→ सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली,
→ राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्,
→ जिल्ला प्रशासनिक इकाईका रूपमा रहने,
→ जिल्लामा निर्वाचित जिल्ला सभा रहने,
→ सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचनागर्ने,
→ स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था,
→ चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
→ ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
→ संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको