अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित उत्तीर्ण

चक्र प्रसाद पोख्रेल असार १२, २०७६


 
काठमाण्डौ ः गत चैतमा सम्पन्न भएको एसईई परिक्षाको नतिजा आज प्रकाशित भएको छ । यस परिक्षामा नेपालका चर्चित नारीहरु शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी थिए ।एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन। मानन्धर बी प्लस ग्रेडमा उत्तीर्ण भएकी हुन् ।भने नेतृ चौधरीले बी गे्रट ल्याएर उर्तीण भइन ।
अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।
अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाण्डौको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् । करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।
चलचित्रमा काम गरिरहँदा उनलाई पढाइको कत्ति पनि आवस्यकता महसुस भएन । उनी सुन्दर, सफल र कुशल अभिनेत्रीको नामले सबै माझ परिचित बन्दै गइन् । उनी लामो समय अमेरिका बसिन् ।अमेरिकामा रहँदा सम्म पनि उनलाई पढाईले बाधा गरेको थिएन । अमेरिकाको लामो बसाइपछि उनी नेपाल फर्किइन् । नेपाल फर्किएपछि भने उनी राजनितितर्फ आकिर्षित भइन् । उनी डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध भइन् । त्यसपछि भने उनलाई पढाइ खड्किन थाल्यो । पढाइलाई उमेरले छेक्दैन भने जस्तै उनलाई पनि उमेरले रोकेन । उनी कक्षा ८ बाट आफ्नो अध्ययनलाई अघि बढाइन् । विद्यालय त नियमित जान्थिन् नै त्यससँगै एकाउन्ट र गणित विषयको ट्यूसनसमेत पढ्न थालिन् ।
एसईईकै लागि उनले निकै मेहेनत गरेकी थिइन् । विद्यालय भर्ना भएको सुरुवाति दिन करिष्माको लागि सहज थिएनन् । आफ्ना छोरी समान साथीहरुसँगै बसेर पढ्नु पर्दा उनीहरुसँग घुलमिल हुन निकै गाह्रो भयो । सबै जनाले धेरै बेर हेरिरहन्थे । तर, बिस्तारै उनले सबै कुरा स्वीकारिन् । हाल भने अभिनेत्री मानन्धरले डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी परित्याग गरिसकेकी छन् ।आफूलाई सहज बनाइन् । ‘लक्ष्य लिए पछि असम्भव भन्ने के नै हुन्छ र’ उनी भन्छिन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट