एसईईको ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ मा (तालिकासहित)

चक्र प्रसाद पोख्रेल, असार १८, २०७६


काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो । परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।२ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन सक्ने बोर्डले जनाएको छ । गएको चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो ।

(भक्तपुर घटनाबारेको यो भिडियो हेर्नुहोस)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट