करोडौँका गहनाले सजिएका मानव कंकालहरु !

भदौ १३, २०७३

एजेन्सी : गहना लगाउनु मानिसको शौखको विषय हुनसक्छ । तर गरगहना, धनपैसा भन्ने कुरा ज्यूँदो हुन्जेलमात्र त हो । जति गहना र धनपैसा भएपनि मर्दा सँगै लग्ने होइन भन्ने उखानै छ । तर यो दुनियामा यस्ता भाग्यमानी मानव कंकाल पनि छन् जसले करोडौँ रकमका गहना लगाइरहेका छन् ।

manab_kankal_gold2सन् १५७८ मा रोमको सडकमुनि केही रहस्यमयी चिहानहरुको उत्खनन गरिएको थियो । सोही क्रममा यस्ता गहनाधारी कंकाललाई चिहानबाट बाहिर निकालिएको थियो ।

manab kankal_gahana5भनाइ अनुसार मणिमाणिक्य र गहनाले सजिएका कंकाल त्यस्ता मानिसको थियो जो बहादुरी तथा इसाइ मान्यताको अटूट समर्थनका कारण पादरी बने । ती चिहान तथा कंकाललाई द क्याटाकोम्ब सेन्ट भनियो ।

ती कंकाललाई पूरै युरोपमा बाँडियो । खासगरी ती चर्चमा पठाइयो जहाँ सुधारवादी आन्दोलनका दौरान पवित्र चिजहरु न्ाोक्सान भए वा चोरी भएका थिए ।

manab kNkal_gahana1युरोपेली चर्चहरुमा यी कंकाललाई बहुमुल्य पत्थर, गहना तथा कपडाले सजाएर राखिएको छ । यी कंकालबाट सन्देश दिन खोजिएको छ की पैसा तथा धनाढ्यताले मृत्युपछि पनि मानिसको प्रतिक्षा गरिरहन्छ ।

पुरातात्विक अन्वेषक पल कन्डोनरिजका अनुसार अझै यस्ता धेरै कंकाल सुरक्षित छन् जसलाई गहना तथा कपडाले सजाउन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको