जन्मदिने बुवा गुमाएर लाखौँ विरामी बचाउने समिर

भदौ १६, २०७३

प्रधानमन्त्री केपि ओलिको जताततै प्रशंसा भइरहेको छ । देशले पहिलो चोटि नेपालमा सप्नादर्शी प्रधानमन्त्री पायो भनेर उनको प्रशंसा गर्ने जति छन्, त्यति नै मात्रमा उनको काम गर्ने तरिकाको प्रशंसा गर्ने भेटिन्छन् ।

हर गल्लीका चिया पसल देखी गाँउघरका पिपल चौतारासम्म उनको प्रशंसा सुन्न पाइन्छ । उनले सपना पनि बाँढे र काम पनि गरेर देखाइदिए । त्यहि भएर अहिले जनताको मत केपि ओलितिर छ । जनतालाई खुसि पार्नेखालको वितरण मुखि वजेट ल्याएकै कारण उनी नेपाली जनता माफ लोकप्रिय बनेका हुन ।

Samir-pokheral-1-650x323बजेट बक्तव्य मार्फत नेपाली जनतालाई आशाको संचार गराएका उनले धेरै जसो आन्दोलनकारीहरुका मागहरुको संबोधन गरिदिएका छन् । विभिन्न खालका समस्याहरु लिएर बषौँ देखी आन्दोल गरिरहेका हरुको माग पुरा गरिदिएर इतिहासकै लोकप्रिय प्रधानमन्त्री बने ।

त्यस्तै बर्षौ देखी आमरण अनसन देखी विभिन्न किसिमका आन्दोन गर्दै आएको राष्ट्रिय मृगौला पिडित संघ, नेपालका मागहरुको पनि संबोधन ओलि सरकारले गरेपछि २७ लाख मृगौला पिडितले ओलिको जयजयकार गरे ।

२०६७ सालमा स्थापना भएको राष्ट्रिय मृगौला पिडित संघ, नेपालले करिव छ बर्ष सम्म संघर्ष गर्दै आएको संस्था हो । सुरुवाति दिनहरुमा स्व. चिन्तामणी पोखरेलले नेतृत्व गरेको उक्त संस्थाले आमरण अनसन देखी ज्ञापन बुझाउने सम्मका आन्दोलन गर्यो ।

उक्त संस्थाले आफ्ना मागहरुको संवोधन नभए आत्मादाहा सम्म गर्ने चेतावनी सहितको पत्र सरकारलाई दिएका थिए । त्यसपछि शुसिल कोइराला नेतृत्व सरकार केहि लचिलो भएर दुइबर्ष निशुल्क डाइलाइसिस गर्ने व्यवस्था गरेको थियो ।

आन्दोलनको नेतृत्व गर्दागर्दौ, आमरण अनसन गर्दा गदै मागहरु सरकारलाई बुझाउँदा बुझाउदै अध्यक्ष पोखरेको मृत्यू भयो । आन्दोलनकै क्रममा वुवाको मृत्यू भएपछि उक्त संस्थाको नेतृत्व गर्न आइपुगे समिरकुमार पोखरेल । बुवाको निदनले भावुक भएका समिरले मृगौला पिडितका लागि सरकारले निःशुल्क उपचार गराउनुपर्छ भनेर बुवाले राखेको मागलाई अगाडी सार्दै बुवाको सपनालाई साकार पार्ने कसम खाए र नेतृत्व गरे राष्ट्रिय मृगौला पिडित संघ नेपालको ।

२०७२ साल भदौमा बुवाको निदन भएसंगै उनले उक्त संस्थाको नेतृत्व गर्दै आन्दोलनलाई थप ससत्त बनाउँदै लगे । बुवा आफै मृगौला पिडित भएर लागेको देखेर विरामीका समस्यालाई बुझेका समिरले आफ्नो मागलाई कहिलै भुलेनन् र निरन्तर लागि परे । अन्तत उनको मागको सुनुवाई ओलि सरकारले गरिदियो ।

उनकै आन्दोलनका कारण मृगौला रोगी विरामीलाई आजिवन निशुल्क डाइलाइसिसको व्यवस्था र मृगौला प्रत्योरोपण गर्न तिन लाख रुपैयाँ सरकारले दिने भएको छ । त्यस्तै उनीहरुकै आन्दोलनका कारण अन्य छ प्रकारका रोगको पनि एक लाख बरावरको उपचार खर्च राज्यले निशुल्क गरिदिने भएको छ ।

को हुन् समिर ?

बारा जिल्लाका स्थानीय वासिन्दा हुन समिरकुमार पोखरेल । बुवा विरामी परेर अस्पतालमा जचाँउन जाँदा मृगौला फेल भएको रिपोर्ट आयो, त्यसपछि उनलाई छटपटाहाट भयो । बुवाको उपचारको लागि भनेर उनी काठमाडौँ आए । काठमाडौँमा आउँदा उनले धेरै दुःखहरुको सामना गर्न पर्यो ।

सुरुवाती दिनहरुमा यसको उपचार खर्चा निकै महङगो थियो । त्यति महङगो उपचार गर्दा उनले धेरै ठुला धनराशी खर्च गर्नपर्यो । यो पिडाले गर्दा उन सरकारसंग जुध्नको लागि बुवालाई अगाडी सारे र आफू पछाडीबाट बुवालाई सहयोग गर्न थाले ।

उनका बुवाको सरकारी जागीर थियो, उनको पनि राम्रौ कमाइ थिए तर वाबुछोराको कमाई सबै बुवाको उपचारमा खर्चेका भयो । पैसा हुनेलाई गरिव बनाउने र गरिवलाई महाँगरिव बनाउने रोगसंग लड्नको लागि उनीहरु रातदिन लागिपरे ।

उनले मृगौला रोगकै कारण बुवा लाई गुमाए तर उनी जस्तै अरुले आफूले भोगेको पिडा भोग्नु नपरोस भनेर संघर्ष गर्नतिर लागे र अन्त्यमा सफल पनि भए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको