कलियुगको कुम्भकर्ण गाउँ, ब्युँझिनका लागि वर्षदिन सम्म लाग्छ !

भदौ १६, २०७३

एजेन्सी : रामायणमा कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना जागा हुने गरेको कथा छ । यस्तो ६ महिने सुताई वास्तवमा पत्यार लाग्ने कुरा होइन ।

villagers-in-kazakhstan-are-falling-asleep-en-masse-for-no-apparent-reason-539-1418684039तर यो कलियुगमा समेत विश्वमा यस्तो गाउँ छ जहाँ एक जना मात्र होइन सबैजना कुम्भकर्ण छन् । कजाकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ पुग्ने बित्तिकै जो कोहीलाई निद्रा लागिहाल्छ ।

यस्तो निद्रा केही दिन, केही महिना मात्र होइन केही वर्षसम्मको समेत हुनसक्छ । पछिल्लो ६ वर्षदेखि गाउँमा यस्तो सुत्ने महामारी फैलिएको छ ।

सन् २०१० मा यो गाउँका मानिसहरु एकाएक गहिरो निद्रामा परे । मानिसहरुलाई जुनसुकै बेला तथा जुनसुकै ठाउँ र काममा भएको भएपनि एक्कासी निद्रा आउन थाल्यो ।

निदाएका मानिसहरु कति केही दिनमै ब्युँझे पनि कतिलाई ब्युँझिनका लागि महिना र वर्षदिन सम्म लाग्यो ।

गाउँको त्यो रहस्यमय निद्राको कारण पत्ता लागेको छैन । सरकारले कारण पत्ता लगाउन नसकेर उल्टै गाउँलेहरुलाई गाउँ छाड्न अपिल गरेको छ ।

गाउँका ८ सय १० जना मानिसहरु मध्ये २ सय भन्दा बढिलाई निद्राको महामारीले समातिसकेको छ र यो संख्या अझै बढिरहेको छ ।

कचाली नामक उक्त गाउँको रहस्यमय निद्राको कारण खोतल्न विभिन्न खाले अध्ययन नभएका होइनन् । कतिपय शोधकर्ताहरुले कार्वन मोनोअक्साइड ग्यासका कारण मानिसहरुमा यस्तो कुम्भकणर्ी निद्रा आएको दाबी गरेका छन् ।

गाउँको वायुमण्डलमा सामानय भन्दा १० गुणा बढि कार्वन मोनोअक्साइड पाइएको छ र गाउँ नजिकै रहेको युरेनियम खानीबाट विषाक्त कार्वन मोनोअक्साइड ग्यास गाउँको वायुमण्डलमा आएको बताइउको छ । तर निद्राको खास कारण त्यो ग्यास नै हो भनेर ठोकुवा गर्न भने कसैले सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको