सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : ब्राइट एन्जल्स बोडिङ स्कूल थानकोटले प्रथम मोटिभेट तिज गित नृत्य प्रतियोगिता २०७३ को ट्रफि आफ्नो पोल्टामा पारेको छ । मोटिभेट न्यूज डटकमले बुधबार आयोजना गरेको उक्त प्रतियोगितामा १८ स्कूललाई पछि पार्दै ट्रफि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
१९ स्कूल सहभागी नृत्य प्रतियोगितामा जोरपाटीको भेनस पव्लिक स्कूलले द्धितिय स्थान हासिल गर्दा धापासीको ओडिसी इन्टरनेशनल स्कूलले तृतिय स्थानमा चित्त बुझाएको छ । उक्त प्रतियोगितामा लोयल्टी एकेडेमी मण्डिखाटारले सान्त्वना स्थान ल्याएको थियो ।
प्रतियोगितामा प्रथम हुनेले दश हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ भने द्धितिय हुनेले छ हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पत्र आफ्नो पोल्टामा पारेको छ ।
त्यस्तै तृतिय हुनेले तिन हजार नगत सहित ट्रफि, मेडल र प्रमाण पाउँदा सान्त्वनाले नगद रु दुई हजार र प्रमाण पत्रमा चित्त पुझाएको छ ।
उक्त प्रतियोगितामा तिन जना प्रेणदायी महिलाहरुलाई सम्मानीत पनि गरिएको थियो । सम्मानीत हुनेमा पुर्व राज्य मन्त्री, साहित्यकार, चित्रकार सुश्री भद्रकुमारी घले ‘मोटिभेट युगतारा सम्मान २०७३’, गायिका गायत्री थापा ‘मोटिभेट सवल नारि सम्मान २०७३’ र मोमिसा अधिकारी रहेका छन् ।
उक्त कार्यक्रमको उद्घाटन नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले गरेका थिए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका