व्यूटिसियनमा एक कदम अगाडी निशा

भदौ २१, २०७३

सुन्दर बन्ने रहर कसलाई हुँदैन र ? धेरैलाई सुन्दर बनाउँछिन् र सुन्दर बनाउन सिकाउँछिन्  द चाँद व्यूटी एण्ड हेयर सेन्टरका  सञ्चालिका तथा व्यूटिसियन निशा शाक्य । उहाँसँग हाम्रा सहकर्मी चक्र प्रसाद पोखरेलले गरेको कुराकानी :

Nisha
द चाँद व्युटि एण्ड हेयर सेन्टर को स्थापना कसरी भयो ?

आज भन्दा करिब १२ वर्ष अगाडी मैले पाटनको चाकुपाटमा एउटा कोठा लिएर सुरु गरेको थिएँ । मैले नेपालमा मात्र नभएर विदेशमा गएको बेला १२ दिनको पार्लर सम्बन्धी तालिम लिने मौका पनि पाएँ । जसका कारण मलाई पार्लर सञ्चालन गर्न सहयोग पुग्यो, सुरुमा मैले रहरले खोलेको थिएँ, पछि गएर यसलाई व्यवसायिकता तर्फ ल्याएकी हुँ । हाल म सौन्दर्यकला व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षको पदमा पनि काम गर्दै छु ।

तपाइले त थुप्रै उपाधि जित्नु भएको छ, हालसम्म कुन कुन उपाधि पाउनु भयो त ?

मैले सन् २००८ मा भएको ब्राइडल मेकप कम्पीटिसनमा दोस्रो उपाधि जितेको थिएँ, टाइटल अवार्डमा बेस्ट मेकपको उपाधि पाएको थिएँ, त्यस्तै हेयर डिजाइन शो, बाला मयुज लगायत मिस नेपालहरुको फोटोसुटमा पनि मेकप गरेको छु, द फेसन शोहरुमा हेयर डिजाइनसमेत गरेको थिएँ ।

अन्य पार्लर भन्दा द चाँद पार्लरको विशेषता भन्नु पर्दा ?

वास्तवमा सबै पार्लरहरुले गर्ने काम उस्तै उस्तै नै हुन्, तर हमीले लामो समयदेखी ग्राहकलाई सेवा सुविधा दिन सक्नु हो, पार्लरमा प्रयोग गर्ने सामानको गुणस्तरमा हामीले ध्यान दिन्छाँ,ै यस अर्थमा कि मैले अरुले ध्यान दिँदैनन् भनेकी होइन, हाम्रो पार्लरमा के कस्ता विशेषता छन्, त्यो एकपटक आएका ग्राहकले अनुभव गर्ने कुरा हो ।

तपाइँको पार्लरमा कति जनाले रोजगार पाएका छन् त ?

सुरुमा म एक्लैले काम गर्थेँ तर केहि वर्ष अघिदेखी मैले तीन जनालाई रोजगार दिइरहेको छु ।

ब्युटिसियनसँगै समाजसेवामा लाग्नु भएको छ, खास के के गर्नुहुन्छ ?

हो मेरो रुची ब्युटिपार्लरमा भए तापनि म पहिले देखिनै समाज सेवामा लागेको हुँ । आफुजस्तै दिदीबहिनीहरुलाई समुहमा गएर तालिम दिने गरेको छु, त्यस्तै अनाथालयमा गएर बालबालिकालाई खाना खुवाउने, बृद्धाश्रममा गएर बृद्ध आमा बुबाहरुलाई पनि सहयोग गर्ने गरेको छु । महिला दिदीबहीनीहरुलाई सकेसम्म राम्रो काम गर्न सक्ने क्षमताको बनाउनु पर्छ भन्ने मान्यताको साथ म विभिन्न तालिम दिने गर्छु ।

रोजगार नपाएर दिनभरी घरमा बसेर समय विताउने महिलाहरुलाई के सुझाव दिनुहुन्छ ?

दिनभरी घरमा बसेर समय विताउनु भन्दा सानो होस् या ठुलो जे भए पनि व्यवसाय गर्याँै भने आफुलाई आवश्यक पर्ने खर्चको लागी कोही कसैसँग आस गरी राख्नुपर्दैन, सीप पनि बढ्दै जाने भएकोले आफु पनि सक्षम बन्न सकिन्छ ।

तपार्इँले पार्लर सम्बन्धी काम गर्न थालेको पनि धेरै भयो, भावि योजना के छ नि ?

मेरो भावि योजना यस पार्लरलाई अझ फराकिलो बनाउने र अझै केहि दिदिबहिनीहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउने तिर नै म जानेछु, त्यसबाहेक मैले गर्दै आएको समाजसेवालाई नै निरन्तरता दिने हो ।

निशा शाक्य – व्यूटिसियन, द चाँद व्यूटी एण्ड हेयर सेन्टर, चाकुपाट ललितपुर

unnamed (1)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको