हिमालय रोडिजको तेस्रो सिजन भदौ २८ बाट सुरु हुने

भदौ ८, २०७६

काठमाडौं- हिमालय रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रबार काठमाडौं मा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको बारेमा जानकारी दिइएको हो ।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको एड्भेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ ।

युवा पुस्तामा यस रियालिटी शोले आफ्नो गतिलो छाप छोडेको छ । यस रियालिटी शो यस वर्ष पनि हिमालय टेलिभिजनबाट नै प्रशारण हुने छ ।

सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमनप्रताप अधिकारीले बताए ।

पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् । ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् ।

ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।ग्याङ लिडरहरु नयाँ र्फम्याटमा आउन लागेकोले निकै उत्साहित भएको बताउँछन् ।

भदौ २८ गते धरानबाट अडिसन सुरु हुनेछ । भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको