कटारी नगर उपमेयरको निर्णय: आफु चढ्ने गाडिको सट्टा एम्बुलेन्स खरिद गर्ने घोषणा

ऋषि राई भदौ ८, २०७६

कटारी- उदयपुरको कटारी नगरपालिकाको उपमेयर भिम कुमारी राउतले आफ्नो सुविधाका लागि सवारीसाधन खरिद गर्ने पैसाले एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नु भएको छ । महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने उपमेयर राउतको घोषणा छ ।

कार्यपालिकाले नगर सभा मार्फत उपमेयरको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो । उपमेयर राउतले जनताको करबाट आफु विलाशी सुविधा नलिने भैरहेकै सवारी साधन प्रयोग गर्ने भन्दै एम्बुलेन्स खरिदको प्रस्ताव राख्नु भएको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले बताउनु भयो ।

शुक्रबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर राउतले आफनो सुविधाको लागि सवारी गाडी खरिद गर्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरि एम्बुलेन्स खरिद गर्ने प्रस्ताव राख्नु भएको हो । यसै बमोजिम कार्यपालिकाले निर्णय गरेको प्रवक्ता दनुवारले बताउनु भयो ।
एम्बुलेन्स खरिद गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई निशुल्क घर सम्म पु¥याउन एम्बुलेन्सको प्रयोग गर्ने उदेश्य रहेको छ । आफु जनताको सेवा गर्ने उदेश्यले निर्वाचित भएकोले जनताको क्रय शक्तिको विकास नभए सम्म विलाशी गाडी चडनु शोभानिय नहुने उपमेयर राउतको भनाईछ ।

महिला ,बालबालिका तथा विपन्नको लागि एम्बुलेन्स किन्ने निर्णय गरिएको उपमेयर राउतले बताउनु भयो । बाँकी पैसाले पर्यटकिय क्षेत्र बेतेनीमा अधुरो रहेको पर्यटन भवन पुरा गर्ने गरि बजेट विनियोजन गर्ने गरि निर्णय भएकोछ । “जनता गरिबीको रेखामुनि छन् , खान पुग्ने अवस्था छैन् , गरिबीका कारण घरमै सुत्केरीहुनु पर्ने अवस्था छ , हामीले लाखौको गाडी चढने अवस्था छैन” उपमेयर राउतले भन्नु भयो । हाल उपमेयर राउतले नगरपालिकामाम स्थानिय निकाय निर्वाचन अघि नै रहेको पुरानो सवारीसाधन प्रयोग गरिरहनुभएको छ ।

-ऋषि राई

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको