पत्रकार शालिकराम मृत्यु प्रकरण : सीआईबी टोलीले बुझायो मिसिल

भदौ ८, २०७६

चितवन- पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले चितवनस्थित सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएको छ । मिसिलमा टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाइएको छ ।

घटनाको अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन पुगेको थियो ।आज पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा मिसिल पेश गर्न लागेको जानकारी दिए ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको