सुनको भाउ अहिलेसम्मकै उच्च

भदौ ९, २०७६

काठमाण्डौ– सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन सोमबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । लगातार बढ्दै सुन सोमबार तोलामा ७३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर बलियो भएकाले अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ महंगो भएको र यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।

चाँदी पनि सोमबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको