व्यायाम गर्दा नगरौं यी गल्ती

भदौ ९, २०७६

शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि व्यायाम गर्नु सही हो । व्यायामले शरीरलाई निरोगी बनाउँछ, बलियो बनाउँछ । तर व्यायामको ढंग पुगेन भने त्यसबाट लाभ होइन उल्टै हानी हुन्छ ।

वामअर्प

तुरुन्तै कडा किसिमको व्यायाम गर्नु हुँदैन । व्यायाम गर्नुअघि त्यसको पूर्वतयारी गर्नुपर्छ । अर्थात आफूलाई शारीरिक र मानसिक रुपले तयार राख्नुपर्छ ।

व्यायाम गर्नुअघि वामअर्प अनिवार्य छ, ताकि तपाईंको शरीर व्यायामको लागि पूर्णरुपमा तयार भएको होस् ।

र्फम

तपाईंले व्यायाम जुन र्फम अर्थात प्रकारको गर्दै हुनुहुन्छ, त्यसलाई नियमअनुसार गर्नुहोस् । जुन व्यायाम, जसरी, जुन गतिमा गर्नुपर्ने हो सोही ढंगले गर्नुपर्छ ।अन्यथा तपाईंको शरीरका लागि यो हानिकार पनि हुनसक्छ ।

सुरुवात गर्नेहरुका लागि

यदि व्यायाम गर्ने सुरसारमा हुनुहुन्छ र यसअघि गर्नुभएको छैन भने केही कुरामा सतर्कता अपनाउनुहोस् । सुरुको दिन अति धेरै व्यायाम नगरौं । ट्रेनरको सुझावअनुसार नै व्यायाम गरौं । सोभन्दा बढी व्यायाम गरिएमा शरीरलाई हानी हुन्छ ।

डाइट

व्यायाम गरेर मात्र पुग्दैन, साथसाथै उचित डाइट पनि लिनुपर्छ । व्यायाम गरेपछि चाँडै पचाउने प्रोटिन र कार्बोहाइड्रेट सेवन गर्नुहोस् । यसले शरीरमा एमिनो एसिड आपूर्तिका साथसाथै मांसपेशीको निर्माणमा पनि सहयोग गर्छ ।

उमेर

व्यायाम गर्नु सबै उमेरका लागि फाइदाजक छ । यद्यपि कुन किसिमको व्यायाम गर्ने, कुन गतिमा गर्ने भन्ने कुराचाहिँ उमेरले पनि निर्धारण गर्छ । त्यसैले व्यायाम गर्नुअघि विज्ञसँग परामर्श लिएर मात्र व्यायाम सुरु गरौं ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको