४ अंकले घट्यो सेयर बजार, कारोवार रकम भने एक अर्ब ८१ करोड

भदौ २१, २०७३

काठमाडौ : साताको सुरुका दुईदिन लगातार बढेको सेयर बजारमा मंगलबार भने गिरावट आएको छ । बैंक तथा बीमा समूहको सूचक घटेपछि समग्र बजार ४.१० अंकले घटेको छ । मंगलबार बजार १८३४.८० अंकमा झरेर रोकिएको छ । अघिल्लो दिन बजार १८३८.९० अंकमा उक्लिएर बन्द भएको थियो । आज कारोवार रकम भने खासै कमी आएको छैन । एक सय ४४ कम्पनीका २२ लाख ६० हजार ९ सय ४३ कित्ता सेयर किनवेच भएको बजारमा एक अर्ब ८१ करोड ४० लाख ११ हजार ४ सय ६४ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

stock-nepse-marketआज जलविद्युत र फाइनान्स समूह वाहेक अन्य सवै समूहका सूचक रातो भएका छन् । जलविद्युतको सूचक १६.४४ अंकले बढेको छ भने फाइनान्स २ .६२ अंकले वढेको छ । तर, बैंकिङ समूहको सूचक २.४२, होटल समूह ७८.९३, बिकास बैंक ३.५५ अंकले ओर्लिएका छन् । यस्तै, बीमा समूहको सूचक पनि ४७.४२, उत्पादनमुलक समूहको सूचक १५.८२ र अन्य समूहको सूचक २.३२ अंकले घटेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको