रवि लामिछाने र युवराज कँडेल धरौटी बुझाएर थुनामुक्त

भदौ १०, २०७६

काठमाडौ-  सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, यूवराज कंडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको हो।

लामिछानेका वकिल अधिवक्ता सुनिल पोखरेलका अनुसार अदालतको आदेशपछि उनीहरूले अदालतले मागेको धरौटी बुझाएर छुटेका हुन्।

रवि लामिछाने ५ लाख र युवराजले ३ लाख धरौटी बुझाएर छुटेका हुन्। उनीहरू दुवैसँग अदालतले अनुमतिबिना विदेश जान नपाउने गरी धरौटी माग गरेको छ। लामिछाने र कँडेलले पुडासैनीको आत्महत्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने  अदालतको आदेशमा भनिएको  छ । शालिक राम पुडासैनीले आत्मा हत्या गर्नु  अघि खिचिएको भिडियोमा लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए ।

पुडासैनी न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता हुन् । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित  युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको