प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ

भदौ १०, २०७६

काठमाडौं- काठमाडौंको ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाल रहेका छन् । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको