सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं- नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ १६६२ नम्बरको सरकारी गाडी लिएर मेयर विजयी यादब आइतबार भारतको बाबाधामतर्फ निस्किएका छन्।
गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट विजयी यादवले आफूसँगै केही कार्यकर्तालाई समेत लिएर गएका छन् । उनको साथमा परिवारका सदस्य भने नभएको बताइएको छ ।
कार्यालयको कामबाहेकमा सरकारी सवारी प्रयोग गर्न नपाइने नियम भए पनि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर हिडेका छन । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सवारी सुविधा उपलब्ध गराउँदै आइरहेको महागढीमाई नगरपालिका स्वयंले पनि निजी काममा नगरपालिकाको सवारी प्रयोग गर्न नपाइने नियम लागु गरेको छ ।
पारदर्शिता, सुशासन र सदाचार कायम गर्नुपर्ने नगरपालिकाका मुख्य अगुवा मेयर आफैं निजी प्रयोजनका लागि नगरपालिकाको गाडी लिएर भारतको बाबाधाम लागेका छन् । उनी बोलबमका लागि भन्दै त्यसतर्फ लागेका हुन् । नेपालमा साउनभर बोलबमको रौनक चल्ने भए पनि बाबाधाममा भदौको अन्तिमसम्म हुन्छ ।
विजय यादव नामका एक फेसबुक प्रयोगकर्ताले पनि आफ्नो फेसबुक पेजमा गाडी दुरुपयोगको तस्वीर र भिडियो पोस्ट गरेका छन् । जसमा प्रतिक्रिया जनाउने अधिकांशले मेयरको रवैयाबारे आलोचना गरेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका