शालिकराम प्रकरण : अदालतको आदेशपछि प्रहरीमाथि थपियो चुनौति

भदौ ११, २०७६

काठमाडौं– ‘पिक्चर तो अभी बाँकी है मेरे दोस्त !’ संसारभरि नै करोडौं समर्थक रहेका शाहरुख खान अभिनित चलचित्र ओम शान्ति ओमको चर्चित डाइलग हो यो । र, यो डाइलग शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवि लामिछानेसँग पनि मिल्दोजुल्दो बन्न पुगेको छ ।

सो प्रकरणमा प्रमुख अभियुक्तको रुपमा मुद्दा खेपिरहेका रवि लामिछाने जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा छुटेपछि उनलाई समर्थन र माया गर्ने धेरैलाई लागेको छ– ‘रवि रिहा भएका छन्, उनीमाथिको मुद्दा सकिएको छ ।’ तर यथार्थ चाहिँ ठीक उल्टो छ । वास्तवमा, भर्खर मात्रै यो मुद्दा अदालती प्रक्रियामा अघि बढेको छ र माथि शुरुमा उल्लिखत चलचित्रको डाइलग जस्तै यो मुद्दामा ‘पिक्चर तो अभी बाँकी है’ भने जस्तै अरु धेरै चरणहरु पार गर्न बाँकी नै छ ।

सोझो भाषामा भन्दा, रवि लामिछानेमाथि लागेको अभियोगबाट उनी मुक्त भएका छैनन् । कानूनका नजरमा लामिछाने अझै अभियुक्त नै हुन् । कुरा यति हो, उनले प्रहरीको हिरासतमा वा जेलको छिँडीमा बसेर मुद्दाको सामना गर्नुपर्दैन, उनी बाहिर बसेरै त्यो मुद्दा लड्न पाउनेछन् । यसको अर्थ के पनि हो भने यो मुद्दाबारे अन्तिम छिनोफानो भैसकेको छैन ।

कानूनतः यसरी धरौटीमा छुट्नु भनेको अदालतले उनलाई निर्दोष भनेर सफाइ दिएको हैन, बरु त्यस सन्दर्र्भमा अनुसन्धान अझै बाँकी छ भन्ने नै हो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ मा धरौटीसम्बन्धी कानूनी व्यवस्था यस्तो रहेको पाइन्छः

तर लामिछानेसहित मुद्दाका तीनैजना अभियुक्त (युवराज कँडेल र अस्मिता कार्की) धरौटीमा र साधारण तारिखमा अदालतबाट बाहिर निस्केपछि कतिपयले लामिछानेको जीत भएको भन्दै खुशीयाली मनाउने र प्रचारबाजी समेत गर्ने गरिरहेका छन् ।

रमाइलो कुरा के छ भने अनुसन्धानको दायरामा प्रवेश गरेकाले अन्तिम निर्णय नआउदासम्म उनीहरु दोषी या निर्दोष के हुन् भन्ने निक्र्योल भैनसकेपनि बाहिर आ–आफ्नै ढंगले व्याख्या र विश्लेषण भइरहेको छन् ।

यसरी बाहिर हुने गरेका अड्कलवाजीका आधारमा धेरैले आफ्ना आफ्नै धारणा पनि बनाउने गरेका छन् । त्यसो त आरोपितहरुलाई अदालतले धरौटीमा छाडेलगत्तै सञ्चारमाध्यमहरुमा लामिछानेले कानुनी प्रकृयाप्रति आफ्ना केही ‘रिर्जभेसन’ भएको भन्दै त्यसको कानुनी आधारमै उपचार खोज्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

तर यो प्रकरणमा अनुत्तरित प्रश्नहरुको जवाफ खोज्न भने अदालतको अन्तिम आदेश कुर्नुबाहेक कुनै विकल्प छैन ।

उठेका प्रश्न र थपिएका चुनौती
जिल्ला अदालतको प्रारम्भिक आदेशको पृष्ठ ८ मा ‘निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रिकर्ड गरेको अवस्था देखिन्छ’ उल्लेख भएको छ । यसको अर्थ पुडासैनीले सो आत्महत्याको ‘बकपत्र’ भिडियो रेकर्ड अर्को मानिसको सहयोगमा नै खिचेको हो त भन्ने प्रश्न खडा भएको छ ।

यस स्थितिमा पुलिसका सामु अदालतसमक्ष सो भिडियो दोस्रो व्यक्तिको सहयोगमा नभई स्वयं मृतक आफू एक्लैले खिचेको हो भनी प्रमाणित हुने गरी प्रमाणहरु जुटाउनुपर्ने चुनौती खडा भएको छ । त्यसो गर्न सकेको खण्डमा उक्त भिडियो मुद्दामा निर्णायक प्रमाण मध्येका एक बन्न पनि सक्छ ।

-रातोपाटी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको