प्रधानमन्त्री ओलीको सिंगापुरमा कसरी भैरहेको छ स्वास्थ्य उपचार ?

३ वर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको जनाइएको छ। सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारमा यो प्रक्रिया अर्को सातासम्ममा पुरा हुने उनको निजी सचिवालयले जनाएको छ ।

ओलीको उपचारमा संलग्न नीजि चिकित्सक प्रा.डा. दिव्या सिंह शाह आज स्वदेश फर्किएकी छिन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट