महानगरीय ट्राफिक प्रहरीद्धारा उपत्यका भित्रिने नाकामा कक्षा सञ्चालन

भदौ १२, २०७६

काठमाडौं –   महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सडक सभ्यता अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘उपत्यका भित्रिने प्रत्येक नाकामा कक्षा सञ्चालन गर्दा धेरै यात्रु तथा चालकलाई ट्राफिक जनचेतना हुने भएकाले उक्त अभियान सञ्चालन गर्न लागेका बताए ।

महाशाखाले थानकोट, जगाती, दक्षिणकाली र नागार्जुन नाकामा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक अडियो (जिङ्गल) बजाउने, यात्रुलाई पर्चा पम्प्लेट बाँड्ने तथा बसमा हर्न निषेधसम्बन्धी स्टिकर टाँस्नेछ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सडक सभ्यता अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए  ।महाशाखाले यसअघि काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनलाई ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको