प्रधानमन्त्री के पि शर्मा वलीको अवस्था सामान्य,

भदौ १२, २०७६

काठमाडौं- सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीकोअवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

मिर्गौला समस्याबाट पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत साता सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उनको उपचार थालेका थिए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको अनुसार  प्लाज्मा फेरेसिस् उपचार विधि सुरुमा ३ पटकसम्म गरिने त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने चिकित्सकहरूको भनाइ रहेको बताएका छन । रिमालका अनुसार नयाँ विधिबाट थालिएको उपचारबाट प्रधानमन्त्रीले स्वास्थ्यलाभ गरिरहेका छन् । उनको अवस्था अहिले सामान्य रहेको समेत बताएका छन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको