आकाशीदै नेपालगन्जमा कोठाभाडा

जिवन बहादुर थापा भदौ १२, २०७६

नेपालगन्ज: बाँके जिल्लाको नेपालगन्ज उपमहानगर नगरपालिका भित्र पर्ने नेपालगन्जका विभिन्न ठाउँमा कोठाभाडा दिन प्रती दिन वृद्धि भइरहेको छ।एसइइ र +2सकेर उच्च शिक्षा हासिल गर्न नेपालगन्ज आउने बिद्यार्थीहरुको चाप बढेसङगै घरबेटिहरुले मनोमानी ढंगबाट कोठाभाडा बढाउने गरेका छ्न। सामान्य कोठाको भाडा तीन हजार भन्दा माथी छ।

पोहोर साल पच्चीस सय सम्म पर्ने कोठालाइ अहिले तिनहजार देखि तिनहजार तीन सय सम्म लिने गरेको बताउनु हुन्छ कालिकोट घर भइ हाल नेपालगन्ज बसपार्कमा मा बिगत आठ बर्ष देखि बस्दै आउनु भएका निश्चल केसि। यसरी दिन प्रती दिन भाडा बढाउदा यस्को प्रत्येक्ष मारमा टाढा टाढा बाट उच्च शिक्षा हासिल गर्न आउने बिद्यार्थीहरु परेका छ्न भने दैनिक ज्याला मजदुरी गरेर जिबिको चलाउने मजदुरहरु परेका छ्न।

यस विषयमा न त सरोकारवाला निकायले नै ध्यान दिएको पाइन्छ न त विद्यार्थी संगठनहरुले नै। पेट्रोलियम पदार्थमा पचास पैसा मूल्य वृद्धि हुदा सडक तताउने बिद्यार्थी संगठनहरु कोठाभाडा रु पाँच सय देखि रु हजार बढाउदा पनि मौन देखिन्छ्न। यस बारेमा बिद्यार्थी संगठनहरु र मजदुर संगठनहरु ले ध्यान दिन जरुरी छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको