सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – ब्राउन सुगर ओसारपोसार अभियोगमा झापाको दमककी २६ वर्षीया प्रिया राई पक्राउ परेकी छिन । इलाका प्रहरी कार्यालय इटहरीले उनलाई चार दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको हो।
डीएसपी धर्मराज भण्डारी भन्छन् । अनुसन्धानका सिलसिलमा राईको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको हो ।
भण्डारीले अनलाइनखबरलाई बताएअनुसार राईलाई अनुसन्धानका लागि जिल्ला अदालत, सुनसरीले ७ दिनका लागि अनुमति दिएको छ । अनुसन्धान अधिकृतका अनुसार सिंहले राईबाट ब्राउन सुगर खरिद गर्ने गरेको बताएपछि उनलाई पक्राउ गरिएको हो ।
स्रोतका अनुसार इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतनामा कार्यरत् सेनानी सिंह ब्राउन सुगर लिन आफैं दमकसम्म पुग्ने गरेका थिए । कहिले मोटरसाइकल त कहिले सार्वजनिक यातायात चढेर लिन जाने गरेको देखिएको छ । अनुसन्धान अधिकृत भन्छन् दमकले राईले उनलाई आवश्यकता अनुसार ब्राउन सुगर दिने गरेकी थिइन् ।
अधिकृतका अनुसार मेजर सिंह आफैं लागूऔषध प्रयोगकर्ता समेत हुन् । उनले आवश्यकता अनुसार प्रयोगकर्तालाई पनि विक्री गर्ने गरेका प्रहरी अधिकृत बताउँछन् ।
राईले भने पूर्वी नाका झापाको काँकरभिट्टा हुँदै भारतबाट लागूऔषध भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ । एक भारतीय नागरिकले उनलाई ब्राउन सुगर दिने गरेको देखिएको छ । प्रहरी भन्छ हामीले घटनामा अरुको पनि कनेक्सन छ कि भनेर केलाइरहेका छौं ।
प्रहरीले मेजर सिंहलाई २५ साउनमा ब्राउन सुगरका ४ वटा पोकासहित पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध लागूऔषध ऐनअनुसार अनुसन्धानका लागि पहिलो पटक ५ दिन म्याद थपेको थियो । त्यसपछि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो, भने पछिल्लो पटक थपिएको ७ दिनको म्याद शनिबारबाट सकिँदैछ । लागूऔषध सम्बन्धी मुद्दामा प्रहरीले अदालतको अनुमतिमा ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।
सामान्य मुद्दामा सैनिक अधिकृतविरुद्ध सैनिक प्रहरीले अनुसन्धान गर्छ । तर लागूऔषधसम्बन्धी कसूर भएकाले सामान्य नागरिक सरह नियमित अदालतबाट मेजर सिंहको कसूरको फैसला हुनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका