बुधबार भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या चार

भदौ १२, २०७६

सुर्खेत – दुर्घटनामा गम्भीर घाइते भएकी जाजरकोटको बारेकोट गाउँपालिका–७ की तारा बस्नेतको उपचारका लागि लखनउ लैजाने क्रममा ज्यान गएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको भेरीगंगा यातायात समितिको बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा बुधबार बिहान दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउने ४ जनामध्ये ३ जनाको परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक जना महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिनुभयो ।

परिचय खुल्नेमा बारेकोट गाउँपालिका–७ की २५ वर्षीया लक्ष्मी बस्नेत, नलगाड नगरपालिका–७ की हजारी बादी र रहेको उहाँले बताउनु भयो । बसमा ३२ जना सवार रहेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको लखनउमा उपचार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको