कम्युनिष्ट स्टेट विरुद्ध आन्दोलनका लागी तयारी हुन कांग्रेस उप सभापति बिमलेन्द्र निधीको निर्देशन

चक्र प्रसाद पोख्रेल भदौ १२, २०७६

काठमाडौं ः नेपाली कांग्रेसका नेता तथा उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन् ।राजधानीमा आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक बस्न सक्ने गरि कानुननै संसोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन् ।

उनले अधिनायकवादी प्रवृत्तिबाट कानुन नै परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्य्विधि सच्याउन सरकारलाई चेतावनी दिए ।उनले भने, “कार्यपालिकाको प्रमुख विरामी परेर विदेश जानुभयो । त्यो पनि कानुनमै संशोधन गरेर । देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विराधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानुन परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न पाईदैन । यो खतरनाक संकेत हो ।”
सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए । उनले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको