कविता : बिम्बहरु – अशेष मल्ल

भदौ १३, २०७६

छाेराले साेध्याे मलाई
किन रुन्छन् बुबा
तपाईंका कवितामा अक्षरहरु सँधै
मैले भनेँ
अाँसुकाे समुद्रबाट उठेका अक्षरहरु
कसरी हाँस्न सक्छन् त छाेरा
कविताका यी अक्षरहरु हैनन्
कसरी भनूँ छाेरा
यी त हुन्
तेरा बाका पीडाहरु
के छ र तेरा बासँग सिवाय कविता
कविता छ र त तेराे बा छ
मृत्यु भयबाट मुक्त
बाँच्नुकाे एउटा अर्थ
कसरी भनूँ छाेरा
यी कविता हैनन्
यी त हुन् तेरा बाका बिम्बहरु ।

– अशेष मल्ल


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको