कविता : रिक्साको चौथो पाङ्ग्रा “बा” – जनक कार्की

३ वर्ष अगाडि

सायद म कुनै प्रतिक्षालयमा गन्तव्य कुरेर बसिरहेको थिएँ
वा सायद मुसाफिर झै गन्तव्य खोज्दै हिँडिरहेको थिएँ

तिमी रिक्सा बनेर मेरो गन्तव्यको साधन बन्यौ
बाथ भएका घुँडाहरूले प्याडल चालिरहयौ
हरेक मोड र सम्भाव्य दुर्घटनाहरूलाई
ह्याण्डल सन्तुलनमा राखी सहि मार्ग चलिरहयौ

सडकको हरेक खाल्डो, ट्राफिक, ठेलमठेल छल्दै
खियाइरहयौ सडकका ग्रावेल ढुङ्गासगँ पाइला
गन्तव्यमा पुर्याएर निधारभरिको पसिनाले
आफ्नो प्यास मेटिएको उत्सव मनायौ।
बा तिमी रिक्साको त्यो चौथो पाङ्ग्रा हौ
जुन कहिले देखिदैन,अमुर्त छौ।

तिम्रो रिक्सा भाडा न कहिले तिमीले माग्यौ,
न मैले तिर्न सक्नेछु।

यो सन्ध्या पुजाको प्रार्थनामा
एउटा फूल र तिमीले लेखिदिएको निधारको भाग्य
तिम्रो पैड्डल चाल्ने पैतलालाई समर्पित गर्छु
र संकल्प गर्छु
अब म चलाउछु रिक्साको प्याडल बा।

– जनक कार्की


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट