फेरि घट्यो सुनको मूल्य

३ वर्ष अगाडि

काठमाण्डौ – साताको छैठौँ दिन शुक्रबार सुनचाँदीकोको मूल्य घटेको छ।

आइतबार र सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार घटेको थियो भने बुधबार स्थिर थियो। बिहीबार बढेको सुनको मूल्य आज (शुक्रबार) ह्वात्तै घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७३ हजार १ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ८ सय ९५मा  रुपैयाँमा कारोबार भएको थियो।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट