कट्कुवा जंगलमा २३ वटा गाई मृत फेला

३ वर्ष अगाडि

काठमाडौं- सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएको छ । बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको हो

मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको  छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट