‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक

भदौ १३, २०७६

काठमाडौं- फेम दिपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा सिनेमाका ४ मुख्य कलाकार दिपक राज गिरी, केदार घिमिरे, जितु नेपाल तथा केकी अधिकारी अटाएका छन्।

दिपक–दिपाको प्रस्तुति सिनेमा दशैँमा रिलिज हुने चर्चा चल्दै आएको भएपनि पोस्टरमा सोको घोषणा भएको छैन।

निर्देशक लामाकै कथा रहेको सिनेमामा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालको संवादरहेको छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको सिनेमामा सुमन गिरी भान्जा, ताराचन्द बजगाईं निशान, केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगीको सह निर्माण रहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको