बलिउडका चर्चित कलाकार शत्रुघन सिन्हा नेपालमा

भदौ २१, २०७३

बलिउडका चर्चित कलाकार शत्रुघन सिन्हा आज नेपाल आएका छन् । भोली काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन उनी नेपाल आएका हुन् । त्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै सिन्हाले आफू धेरै पटक नेपाल आएको बताए ।

Shatrughan_Sinha_00451यहाँको सुन्दरता, नेपालीहरुको सत्कारले आफूलाई आफूलाई सधै लोभ्याउने उनको भनाई थियो । यस्तै उनले आफू पशुपतिनाथको दर्शनका लागि पनि नेपाल आउने गरेको बताए । शत्रुघनले भोली आफ्नो बायोग्राफी पुस्तक पनि सार्वजनिक गर्नेछन् । उनले पुस्तकले आफ्नो फिल्मी स्टारडमदेखि राजनीतिक करिअरसम्मलाई चित्रण गरेको बताए । नायिका सोनाक्षी सिन्हाको पिता बनेर चिनिदा तपाइलाई कस्तो लाग्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने-‘छोरीको नामबाट म चिनिनु खुशीको कुरा हो । साथमा छोरी पनि मेरो नामले चिनिएकी छिन् ।’


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको