स्मरणमा नयाँ नेतृत्व : एघारौं साधारण सभा सम्पन्न

शरण हुमागाईं भदौ १४, २०७६

स्मरण वचत तथा ऋण सहकारी संस्था लि। को चुक्ता पूँजी १ करोड ६१ लाख ६९ हजार १ सय रहेकोछ । आ।व ०७५र७६ सम्म ८ सय ५३ जना सदस्य रहेको उक्त संस्थाले ९ करोड ३६ लाख ४६ हजार ५ सय ६० रुपैया निक्षेप संकलन गरेको छ भने ०७६ असार मसान्तसम्ममा १२,६८,३७,१७२ को पूँजी तथा दायित्वको वासलात साधारण सभा समक्ष पेस गरेको छ । गत शनिवार भएको संस्थाको एघारौं साधारण सभामा संस्थाका सचिव लिलानाथ गौतमले आ।व।०७५र७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमारप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने आर्थिक प्रतिवेदन शंकरप्रसाद ढकालले प्रस्तुत गर्नु भएको थियो ।

नेपाल वचत तथा ऋण केन्दीय सहकारी संघ लि। सञ्चालक सदस्य श्री दिपक पनेरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अथिति पूर्व सभासद् तथा कोशिपूर्व साकोसका अध्यक्ष रेणुका चौलागाईं तथा विशेष अतिथीहरुमा नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ लि।का पूर्व संचालक सदस्य नारायण प्रसाद शर्मा गैरे, राष्ट्रिय सहकारी बैंक न्यूरोड शाखाका प्रमूख केदारनाथ उप्रेति, काठमाडौं बचत तथा ऋण सहकारी संघ लि। का सचिव सालिकराम पुडासैनी, कास्कुन सञ्चालक विरेन्द्र भण्डारी रहनु भएको थियो ।

यसैगरी अन्य अतिथीहरुमा जोखिममा आधारित साकोस सुपरिभिजन काठमाडौं अन्र्तगत महिला प्रयास साकोसका अध्यक्ष विनिता अधिकारी, सज्जन महिला साकोसका अध्यक्ष सीमा पुरी, इन्द्रेणी साकोसका अध्यक्ष केशवराज शर्मा, लोक सागर साकोसका अध्यक्ष जनकबहादुर केसी, फराकिलो महिला साकोसका अध्यक्ष सरिता श्रेष्ठ, उमंग साकोसका सचिव सन्तोष चौलागाईं तथा हाम्रो सुनौलो साकोसका व्यवस्थापक साथै संस्थाका सल्लाहकार ठाकुरप्रसाद त्रिपाठी रहनुभएको थियो ।

प्रमुख अतिथी पनेरुले कार्यक्रममा बोल्दै स्मरण साकोसले गरेको सफलताको फड्को श्रह्रानीय भएको र अझै परिस्कृत र मजबुत बनाउने जिम्मा सदस्यहरुको भएको तथा संस्थाको आड मासिक बचत भएकोले यसलाई आजैबाट सुरु गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संस्था असल कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो । विभिन्न प्रकारका ऋणमा शिवहरि घिमिरे, सुशिला सिग्देल र गणेशप्रसाद चौलागाईं तथा विभिन्न वचतहरुमा मासिक वचतमा अमृता सरावगी, दैनिक वचतमा चन्द्रबहादुर लामा, विशेष वचतमा कृष्णप्रसाद तिमल्सिना, वाल वचतमा भाव्या रावल, साधारण वचतमा सीता त्रिपाठी, क्रमिक वचतमा सुभद्रा हुमागाईं तथा जिम्वेवारी, कार्यकुशलता तथा अथक प्रयास र मेहनतको कदर गर्दै संस्थाका प्रवन्धक निर्मलप्रसाद हुमागाईं सम्मान तथा पुरस्कृत गरिएको थियो ।

साधारणसभाले ९ सदस्ययी कार्यसमिति सर्वसंवत चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष ठाकुरप्रसाद त्रिपाठी, उपाध्यक्ष कुमारप्रसाद घिमिरे, सचिव लिलानाथ गौतम, कोषाध्यक्ष शंकरप्रसाद ढकाल तथा सदस्यहरु क्रमश रुक्मिणी रेग्मी, हरिभक्त श्रेष्ठ, पोष्टप्रसाद हुमागाईं, उमा घिमिरे, सावित्री मैनाली रहनु भएको छ भने लेखा सुपरिवेक्षण संयोजक किरण भट्टराई, सदस्यहरु गोकुलप्रसाद गौतम र राजकुमार गौतमलाई चयन गरिएको छ । प्रज्ञा भवनमा सम्पन्न उक्त कार्यक्रममा सदस्यको बाक्लो उपस्थिती रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको