एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ पक्राउ

३ वर्ष अगाडि

काठमाडौं- एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिक प्रहरीले पक्राउ परेका छन । मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरीले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट