इजरायलमा एक नेपाली महिलाका दुई सन्तानसहित प्रहरीले पक्राउ

भदौ १७, २०७६

काठमाडौं- इजरायलमा श्रमिकका रूपमा कार्यरत एक नेपाली महिलालाई तिनका दुई सन्तानसहित त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

अध्यागमनबाट खटिएका प्रहरीले इजरायलको हर्जलियास्थित निवासबाट बिहीबार बिहान बच्चासहित ती महिलालाई नियन्त्रणमा लिएको हो ।

इजरायली सञ्चार माध्यमहरूले ईश्वरा उप्रेती नाम गरेकी महिला पक्राउ परेको जनाएका छन् । उनीसँगै उनका नौ वर्षीय छोरा मिसेल र ५ वर्षीया छोरी सिरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहेकी ईश्वरा ज्येष्ठ नागरिकको सुसारेका रूपमा इजरायल पुगेकी थिइन् । इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको छ ।

जन्म दिएका एक छोरा र छोरीका बावुबारे पनि अस्पष्ट छ । प्रहरी नियन्त्रणमा रहेका आमासहित दुवै बच्चालाई अहिले गिभन कारागारमा राखेर न्यायिक प्रक्रिया थालिएको छ ।

सोमबार मात्रै त्यहाँको अभिरक्षा अदालतले प्रक्रिया पूरा नभएसम्म तीनैजना हिरासतमा रहने फैसला सुनाएको छ ।

महिलाको पक्षमा कुनै आवाज नउठे पनि बालकलाई नियमविपरीत नियन्त्रणमा लिइएकाले रिहाइ गर्न माग उठेको छ । लामो समयदेखि नेपालीहरू इजरायलमा श्रमका लागि जाने गरे पनि कतिको संख्यामा छन् भन्ने यकिन तथ्यांक छैन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको