दुई वडाध्यक्षका लागि चितवनमा उपनिर्वाचन हुने

भदौ १७, २०७६

चितवन – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

वडा नं ४ र ५ को वडाध्यक्ष पद रिक्त रहेकोले त्यहाँ मात्रै निर्वाचन हुनेछ । २०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमा तरकारी बोक्ने पिकअप भ्यानले ठक्कर दिँदा नगरपालिकाको जीपमा सवार वडा नं ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जिल्लामा कुल १४ पद रिक्त रहे पनि दुई वडाध्यक्षका लागि मात्रै निर्वाचन गर्न लागिएको जानकारी दिए । १४ पद मध्ये जिल्ला समन्वय समितिमा चयन भएका वडा सदस्य ९ जनाको पद रिक्त छ भने दलित ३ पदमा उम्मेदवारी नै परेको थिएन ।
निर्वाचन हुने दुई वडाहरुको मतदाता नामावली अद्यावधिक गरेर केन्द्रमा पठाइसकिएको कार्यालयका प्रमुख ढकालले बताए । वडा नं ५ मा कांग्रेसका विश्वविजय वस्नेतले ६२७ मत ल्याएर विजयी बन्दा एमालेका जोगिराम चौधरीले ३९८ र माओवादीका लक्ष्मण सुवेदीले २७३ मत ल्याएका थिए ।

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको