सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – होटलमा बस्न आएका युवाहरुले होटलका कर्मचारीलाई झ्यालबाट फालेर घाइते बनाएका छन् । गएराति कलंकीस्थित नारायणी गेष्ट हाउसमा बस्न पुगेका तीन युवाहरुले होटलका कर्मचारी विवेक सुनारलाई दोस्रो तल्लाको झ्यालबाट फालेरका हुन् ।
पाल्ला घर भएका विवेक डेढ बर्ष अघिदेखी नारायणी गेष्ट हाउसमा काम गर्दै आएका थिए । एउटा कोठा लिएर बसेका उनीहरुको गेष्ट हाउस कर्मचारीसँग खानाको विषयमा विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा युवाहरुले मिलेर विवेकलाई झ्यालबाट बाहिर फालेका थिए । विवेकको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुग्दा विवेक घाँटीमा तार बेरिएको अवस्थामा सडकमा पछारिएका थिए । विवेकको अहिलेसम्म होस खुलेको छैन ।
घटनामा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा विजय, निशान र अर्का एकजना रहेका छन् । तीनै जनाको थर भने खुल्न सकेको छैन । कलंकी आसपासमा डेरा गरेर बस्ने उनिहरु लागूऔषध सेवनकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका