नगद र ५६ थान मोबाइल सहित ३ जना पक्राउ

३ वर्ष अगाडि

भक्तपुर –  चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण  खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा  घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई  बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३वर्षीय  सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको वृत्तले जानकारी दिए  । ‘नेपाल र भारतका बिभिन्न स्थानबाट मोवाइल चोरी गर्ने तथा सत्य प्रकाशले जम्मा गरी रञ्जिकुमारलाई बिक्री  गर्ने र रञ्जित कुमार बाट उक्त सेटहरु लामिछानेले खरिद गरि बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोबाइलको बजार मूल्य करिब १२ लाख रहेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट