वीरगञ्जमा भाग्न खोज्नेलाई प्रहरीले गोली चलायो

भदौ १८, २०७६

पर्सा – वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

नियमित जाँचका क्रममा रहेको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाएपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।

उनको दाया खुट्टामा गोली लागेको छ । उनको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ । घाइते दासको प्रहरी निगरानीमा वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको