तिलोत्तमा ५० किलोमिटर चक्रपथमा रेल चलाउने काम अघि बढाइदै

भदौ १८, २०७६

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सेवाको तयारी थालिएको छ । नगरपालिका र समुदायको लगानीमा ५० किलोमिटर चक्रपथमा रेल चलाउने काम अघि बढाइएको हो ।

रेल सेवा सञ्चालन गर्न ‘तिलोत्तमा पब्लिक रेल लिमिटेड’ दर्ता गरिँदैछ । सस्तो भाडामा सार्वजनिक यातायातको सेवा दिन भदौभित्रै रेल कम्पनी दर्ता गरेर काम अघि बढाइने यसका परिकल्पनाकार बाबुराम अर्याल बताउँछन् ।

नेपाल रेल्वे कम्पनी, जनकपुरमा महाप्रवन्धक समेत रहिसकेका भोला शर्मा तिलोत्तमा पब्लिक रेल लिमिटेडको प्रवन्ध सञ्चालक बनेका छन् । कम्पनी दर्ताका लागि एक सय जना संस्थापक सेयर होल्डरबाट एक-एक लाख रुपैयाँ संकलन गरिँदैछ । शर्मा भन्छन्  ।

उनका अनुसार, रेल्वेका स्टेशन १५ वटा हुने छन् । कम्पनीमा १५० जनाले रोजगारी पाउने छन् । सर्वसाधारण, विभिन्न कम्पनी र सहकारी संस्थादेखि तीनै तहका सरकारसम्मले शेयर लगानी गर्न सक्ने छन् ।

रेल्वे कम्पनीले डेढ वर्षभित्र चक्रपथको योगीकुटीदेखि प्रदीपनगरको जनभावना माविसम्म तीनवटा बोगी (डिब्बा) बाट सेवा शुरु गर्ने शर्माले बताए । शर्मा भन्छन्, ‘सामुदायीक लगानीको नेपालको पहिलो रेल सेवा भएकाले गुणस्तरमा सम्झौता नगरी स्तरीय सेवा दिने छौं ।’

रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तमा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्टाउन पर्नेछ । त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको