साराको एक समय यति सम्म थियो तौल

भदौ १९, २०७६

बलिउड- नायिका सारा अली खानले फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी थिइन् र र उनले यो फिल्मका लागि बेस्ट फिल्म डेब्यूको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।

अब सारा अली खान स्टार बनिसकेकी छिन् । यसका लागि साराले अत्यधिक मेहनत पनि गरेकी छिन् । फिल्ममा आउनु अघि उनी आफ्नो ट्रान्सफर्मेशनका लागि चर्चामा रहेकी थिइन् ।सम्म थियो तौल

साराले आफ्नो तौलमा पनि अत्यधिक मेहनत गरेकी छिन् । एक समय यस्तो थियो जब उनको तौल ९० किलो थियो । साराले बुधबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आमा अमृता सिंहसँगको एउटा पुरानो फोटो सेयर गरेकी छिन् ।

तस्बिरमा साराको अत्यधिक तौल  देख्न सकिन्छ । तस्बिर हेरेपछि मानिसहरुले उनलाई के खाएर तौल कम गरेको भन्दै सोधिरहेका छन् । मानिसहरु साराबाट उनको डाइट सिक्रेट जान्न चाहिरहेका छन् ।

उनको उक्त फोटोमा नायिका श्रद्धा कपुरले पनि कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीले कस्तो उत्कृष्ट यात्रा तय गर्‍यौ । सलाम छ ।

अहिले सारा निकै फिट देखिन्छिन् । उनी दैनिक जीममा वर्कआउट पनि गर्छिन् ।अब फिल्म कुली नम्बर वानको रिमेक र लभ आजकल टु मा देखिने भएकी छिन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको