बुटवलबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा

भदौ १९, २०७६

दाङ – गत राती दाङमा बस दुर्घटना हुँदा घाइते भएका ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बुटवलबाट दाङतर्फ आउँदै गरेको लु १ ख ८४९० नम्बरको बस अनियन्त्रित भइ सडक किनारमै पल्टिएको थियो ।

घाइतेमध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भएर डिस्चार्ज भइसकेको छ भने दुई जना गम्भीर घाइतेलाई प्रादेशीक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

घम्भीर घाइतेहरुमा सल्यानको बाघचौर–१२ की  १९ वर्षीया  गीता केसी र दाङको लमही–१ की ४५ वर्षीया गीता कुमाल रहेकी छन् ।

तेस्तै दाङमै सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको हो  । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको