अमेरिकामा सडक दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु

३ वर्ष अगाडि


काठमाडौ- सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका गएका विराटनगर निवासी श्रद्धा ओझा खनालका बुवा आमा केहि समय पहिले मात्रै अमेरिका गएका थिए ।अमेरिका गएको तीन महिना पुगेलगतै अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा परी मृत्यु हुनेमा श्रद्धा ओझा खनाल, उनका बुवा गोविन्द खनाल र उनकी आमा शान्ता खनाल रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ। उनीहरु ऋमेरिकाको मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्दै आएका थिए ।घाइते हुनेहरुमा चार बर्षिय बालक र सवारी चालक रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा गोविन्द खनालको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईको उपचारका लागि अस्पताल र्पुयाएपछि मृत्यु भएको हो।
प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक छ। प्रहरीले दुर्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ। सवारी चालक प्रभास मृतक श्रद्धा खनालका पति थिए।
प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ’घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठक्कर दियो।’ प्रभासले टोयोर्टा याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट