गायक प्रकाश राउतको गीत ‘मतलब छैन जातको, सार्वजनिक (भिडियो सहित)

Mohan Shrestha भदौ २०, २०७६

कटारी- लोकदोहोरी गीत/संगित क्षेत्रमा निरन्तर लागी रहेका उदयपुर कटारी ४ मरुवाका गायक प्रकाश राउतको ‘मतलब छैन जातको, बोलको गीत भिडियो सहित दर्शक माझ सार्वजनिक गरेको छ ।

राउतकै शब्द र स्वरमा धनकुमारी तामाङ्ले साथ दिएको छ । टिटाईम म्युजिक मार्फत सार्वजनिक गरिएको भिडियोमा मोडलिङ्पनि राउतकै रहेको छ । राउतलाई आशा खड्काले साथ दिएको छ भने ईन्द्र जिसीको पनि भूमिका रहेको छ ।

‘मतलब छैन जात’को गीतले समाजमा अझै पनि रहेको छुवाछुत भेदभावले चोखो माया गर्नेहरुलाई बाधा ल्याईरहेको कथा पस्केको छ ।यसअघि पनि आधादर्जन लोकदोहोरी गीत श्रोता दर्शकमाझ ल्याईसकेका राउत युके एफ एम १०६ ।८ मेगाहर्जका रेडियोकर्मी समेत हुनुहुन्छ ।

यसअघि गहुबारी जिप दुर्घटना, सानू तिम्रै नाउमा, यस्तै बाध्यता बिदेस तिरको, सुपारीको दाना, बादलु डम्म, गाइको बछी भिरमा चरेको , पिरती को घर लगायतका गीतहरु राउतले दर्शकमाझ ल्याईसकेका छन् ।

भिडियो:

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको